सोमबार, वैशाख ८, २०८२

आज पुन ५० अर्बको निक्षेप उपकरणको बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०८१ असोज १६ गते १३:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवार पुन ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्नै भएको छ । आज अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा यो परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

परिपक्व हुने अवधि सात दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति भने असोज २३ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र र्बैंकको भनाई छ ।

खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया