अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछानेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय अगम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काठमाडौंको काठमाडौं महानगरापालिका–१५ चमती डेरा गरी बस्ने १९ वर्षीय नबिन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँ सहित काठमाडौं महानगरपालिका–१५ चमती बस्ने २६ वर्षीय अनिष महर्जन समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाहीको बागमती नगरपालिका–१२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरी समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई सोही गाउँपालिका–५ मंघरस्थित खाली घरमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–३ बनगाई बस्ने दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ घर भएका २० वर्षीय प्रकाश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई सोही नगरपालिका–६ ठाडाफाटास्थित जयदुर्गा सामुदायिक वनमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रोल्पामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका–२ खोलबाङ बस्ने ३२ वर्षीय बिर्सी विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई बिबाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ छाप्रेटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ३२ वर्षीय रूदिप ठकुरी समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय धनन्जय खनाल समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय ३० रूपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–७ बिजयथुम बगैचास्थित चौतारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–७ बस्ने ५८ वर्षीय कृष्ण चन्द्र थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१८ बस्ने ३२ वर्षीय किसन घिमिरे समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ३ सय १५ रूपैयाँ, १३ बुक तास र मोबाइल ४ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
मोरङको बिराटनगर महानगरपालिका–१८ स्थित सडकमा ना।४ ख २४८३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–१८ लवाघाट बस्ने ६० वर्षीय श्याम साहको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको लमही नगरपालिका–५ लमही बजार नजिकै सडकमा रा.६ प ५४३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–६ कुलमोर बस्ने ४६ वर्षीय मंगल कामीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको कीर्तिपुर ल्याबरेटोरी सुन्दरीघाटस्थित सडकमा बाग्मती प्रदेश ०२–०३६ प ७७४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं सोह्रखुट्टे बस्ने १८ वर्षीय रेकिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाको बरियारपट्टि गाउँपालिका–२ त्रिशुला पुलस्थित सडकमा बीआर ३२ एजि ४७०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक भारत मधुवनि लदनिया थाना ग्राम पञ्चायत एकरी बस्ने ३२ वर्षीय रामबावु शर्माको घटनास्थलमै मृत्यु भएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२२ पुरैनी चोक नजिकै कम्दिदेखि नेपालगंजतर्फ आउँदै गरेको लु।प्र ०३–००१ प १६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दैलेख भगवतिमाई गाउँपालिका–५ कट्टीमुलुका बस्ने २२ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया