सोमबार, वैशाख ८, २०८२

अस्थायीरुपमा वालेटमा रकम गर्नै सिमा बढ्यो

नेपालखोज २०८१ असोज २२ गते १३:३३

काठमाडौं । वालेटमा रकम जम्मा गर्नै सिमा बढेको छ । नेपाल राष्ट्र बैंकले अस्थायीरुपमा वालेटमा रकम गर्नै सिमा बढाएको हो । भुक्तानी सम्वन्धी कार्य गर्न अनुमती प्राप्त सम्पुर्ण संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्र मार्फत राष्ट्र बैंकले भनेको छ, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनको अ. प्रा. निर्देशन नं. ५/०८० को बुँदा नं. ३(२) मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दशैंको शुभ अवसरमा मिति २०८१/०६/२१ देखि मिति २०८१/०७/०१ गते कोजाग्रत पूर्णिमाको दिनसम्म र शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा मिति २०८१/०७/१५ देखि मिति २०८१/०७/२२ गते सम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरी उपरोक्त समयमा भएको कारोवारको संख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउन हुन समेत यो परिपत्र जारी गरिएको छ ।

यो व्यवस्था अनुसार यही कात्र्तिक २२ गते सम्म एक दिनमा वालेटमा बढीमा ३० पटकसम्म रकम जग्मा गर्न सकिने छ ।

प्रतिक्रिया