बुधबार, वैशाख १०, २०८२

फ्रान्सकाे इजरायलविरुद्ध ४–१ को सहज जित

नेपालखोज २०८१ असोज २५ गते ८:१४

काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्सले इजरायलविरुद्ध ४–१ को सहज जित निकालेको छ । बिहीबार राति बोज्सिक एरिनामा भएको खेलमा फ्रान्सले सहज जित हासिल गरेकाे हाे । ८७औँ मिनेटमा गुन्डोउजी र त्यसको दुई मिनेटपछि बार्कोलाले गोल गरेसँगै फ्रान्सले ४–१ को जित पक्का गरेको हो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको फ्रान्स लिग ‘ए’ अन्तर्गत समूह–बी को दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेल्दा पनि अंकविहीन इजरायल तालिकाको पुछारमा छ । 

यसै समूहमा बिहीबार नै इटाली र बेल्जियमले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा तीन खेलबाट सात अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया