यी टिभी सुन्दरीले तोडे ‘विवाह’को रेकर्ड

टिभी उद्योगमा प्रायः निर्माताहरूले आफ्नो शोको रेटिङ बढाउन विवाह र मृत्यु दुवैको सहारा लिने गरेको देखिन्छ । कतिपय शोमा विवाहको ट्विस्ट ल्याएर विवाहलाई निकै भव्य देखाइन्छ र यसै कारणले वास्तविक जीवनमा पनि अभिनेत्रीहरूले विवाहअघि दुलही बन्ने मौका पाउँछन् तर केही सुन्दरीहरू यस्ता छन् जो धेरै पटक दुलही बनिसकेका छन् ।
कतिपय टिभी कार्यक्रममा त एउटै अभिनेत्रीले बारम्बार बिवाह गर्नुपरेको छ । यस मामिलामा श्रद्धा आर्यको कीर्तिमान कसैले तोड्न सक्दैन । हेरौं कुन अभिनेत्री अभिनयका लागि कति पटक दुलही बनेका छन् ?
श्रद्धा आर्य
श्रद्धा आर्य वर्षौंदेखि कुण्डली भाग्यमा देखा पर्दै आएकी छिन् । यो शोमा उनले प्रीताका रुपमा १० पटक बिवाह गरिसकेकी छिन् । श्रद्धा आर्यको ब्राइडल लुक धेरै पटक भाइरल पनि भइसकेको छ ।
हिना खान
हिना खानले ‘ये रिश्ता क्या कहलाता है’ मा दुई पटक विवाह गरेकी थिइन् । दुवै पटक करण मेहरासँग ।
शिवांगी जोशी
शिवांगी जोशी पनि यो सुचीमा छन् । उनी सिरियल ये रिश्ता क्या कहलाता है मा नायराको रूपमा लोकप्रिय भइन् । नायराको भूमिकामा शिवांगी जोशी पाँचदेखि छ पटक दुलही बनिसकेकि छिन् । उनी सैराटको भूमिकामा पनि देखिएकी थिइन् ।
निया शर्मा
निया शर्माको सिरियल जमाई राजालाई निकै मन पराइएको थियो । उक्त शोमा नियाले आफ्ना अनस्क्रिन पति रवि दुबेसँग तीन पटक विवाह गरिन् ।
तेजस्वी प्रकाश
तेजस्वी प्रकाश नागिन – ६ मा देखिएकी थिइन् । यो शोमा उनी चार पटक दुलही बनेकी थिइन् ।
प्रणाली राठौर प्रणाली राठौरले कुनै न कुनै रूपमा मानिसहरूको ध्यान खिच्छिन् । ‘ये रिश्ता क्या कहलाता है’ मा प्रणाली राठौर तीन पटक दुलही बनेकी थिइन् ।
रुपाली गांगुली
रुपाली गांगुली अनुपमामा देखिएकी छिन् । यो सिरियलमा रुपालीले तीन पटक बिहे गरिसकेकी छिन् । उनी अनुपमाको भूमिकामा दुई पटक वनराजकी दुलही बनेकी थिइन् भने त्यसपछि अनुज कपाडियासँग विवाह गरेकी थिइन् । अब उनी चौथो पटक दुलही बन्ने भएकी छिन् ।
प्रियंका चाहर चौधरी
प्रियंका चाहर चौधरी सिरियल उडारियामा देखिएकी थिइन् । उक्त शोमा प्रियंकाले तीन पटक विवाह गरिन् । उनको इन्गेजमेन्टमा पनि निकै नाटक भएको थियो ।
प्रतिक्रिया