साफ महिला च्याम्पियनसिप : भारतकाे विजयी सुरुवात

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेकाे छ । आज दशरथ रंगशालामा भएकाे खेलमा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो ।
खेलको सुरुवातदेखि नै पाकिस्तानी रक्षापंक्तिमाथि दबाब बनाएको भारतले पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । भारतकी ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै प्रतियोगिताको सबैभन्दा सफल टिमलाई अग्रतामा राखेकी हुन् ।
पहिलो गोल गरेको १२ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । १७औँ मिनेटमा पाकिस्तानी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै मनिषाले भारतको अग्रता दोब्बर बनाइन् ।
३५औँ मिनेटमा भारतले अग्रतालाई ३–० मा पु¥यायो । पाकिस्तानको पेनाल्टी क्षेत्रबाट पाएको इन्डाइरेक्ट फ्री किकलाई सदुपयोग गर्दै बालादेवी गान्गोमले भारतको अग्रतालाई ३–० मा राखिन् । भारतबाट बालादेवीको यो ५०औँ अन्तर्राष्ट्रिय गोल हो ।
प्रतिक्रिया