आइतबार, वैशाख २८, २०८२

दीपावलीमा एकसाथ रिलिज हुँदैछन् यी बलिउड फिल्म

नेपालखोज २०८१ कार्तिक ३ गते १४:०९

हरेक वर्ष दीपावलीमा धेरै ठूला फिल्म रिलिज हुन्छन् तर दुई ठूला स्टारका फिल्म आमनेसामने हुँदा प्रतिस्पर्धा अझ रोमाञ्चक हुन्छ । यो वर्ष पनि यस्तै केही हुनेवाला छ । अजय देवगन आफ्नो बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ लिएर आउँदैछन् भने अर्कातर्फ कार्तिक आर्यन आफ्नो हिट सिरिजको अर्को फिल्म ‘भूल भुलैया – ३’ लिएर मैदानमा उत्रिएका छन् ।

दुई फिल्मबीच महासंघर्ष

अहिले ‘सिंघम अगेन’ र ‘भुल भुलैया – ३’ बीचको ठूलो भिडन्त चर्चामा छ । यो प्रशङमा कुन फिल्म पहिले हेर्ने र कुन फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्छ भन्ने प्रश्न चलचित्रप्रेमीहरु माझ उठ्न थालेको छ । दुवै चलचित्र ठूलो बजेटका हुन् र यी दुबैले दर्शकको अपेक्षा पूरा गर्ने प्रयास गर्नेछन् ।

सलमान खानको ‘टाइगर – ३’ को रेकर्ड तोड्ने चुनौती

यो भिडन्त बाहेक अजय देवगन र कार्तिक आर्यनको अगाडि अर्को ठूलो चुनौती पनि छ । दिपावलिमा रिलिज भएको सलमान खानको फिल्म ‘टाइगर – ३’ ले रेकर्ड तोडेको थियो । यसपटकको दीपावलीमा ‘टाइगर – ३’ को रेकर्ड तोड्न कुनै पनि फिल्मलाई सजिलो हुने छैन ।

‘टाइगर ३’ को कलेक्शन

सलमान खानको ‘टाइगर -३’ ले पहिलो दिन नै बक्स अफिसमा ठूलो कमाई गरेको थियो । फिल्मले पहिलो दिन विश्वभर ९४ करोड भारु कलेक्सन गरेको थियो जसमा भारतबाट ५३.३० करोड र विदेशबाट ४०.७० करोड भारुको कमाई समावेश छ । अब अजय र कार्तिकको फिल्मले त्यो कीर्तिमान पार गर्छ कि गर्दैन हेर्नु रोचक हुनेछ ।

को बन्ला दीपावलीको असली किङ?

‘टाइगर – ३’ ले विश्वभर ४६६।६३ करोड भारु कमाएको थियो । अजय देवगन र कार्तिक आर्यनको फिल्मले दीपावलीको राजा बन्न यो आंकडाभन्दा बढी कमाउनुपर्नेछ । यो चुनौती सजिलो छैन तर दुवै फिल्मको स्टारकास्ट र फ्यान फलोइङलाई हेर्दा यो अपेक्षा पूरा नहोला भन्न सकिदैन ।

दर्शकको रोजाइमा निर्भर

अब यो दीपावलीमा कुन फिल्मले ठूलो पर्दामा आफ्नो जादू चलाउने हो भन्ने कुरा दर्शकले नै तय गर्नेछन् । अजय देवगनको ‘सिंघम अगेन’ एक्शनले भरिपूर्ण फिल्म हुनेछ भने कार्तिक आर्यनको ‘भूल भुलैया – ३’ मा हरर र कमेडीको उत्कृष्ट संयोजन रहनेछ । यस्तो अवस्थामा दर्शकले कसलाई आफ्नो मनपर्ने मान्छन् र कुन फिल्मले बक्स अफिसमा ठुलो कमाई गर्छ त्यो हेर्नु साच्चिकै रोचक हुनेछ ।

प्रतिक्रिया