बुधबार, वैशाख १०, २०८२

अमेरिकाविरुद्धको खेलमा नेपाल सुपर ओभरमा विजयी

नेपालखोज २०८१ कार्तिक ४ गते १०:०१

काठमाडाैं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल अमेरिकासँग सुपर ओभरमा विजयी बनेको छ ।

आइतबार ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको थियो । 

सुपर ओभरमा बलिङ गरेका सोमपाल कामीले २ विकेट लिएर २ रन दिएका थिए । सुपरओभरमा अमेरिकाले दिएको तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गर्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको शृंखला अन्तिम खेल अगावै जितेको छ । 

प्रतिक्रिया