मंगलबार, वैशाख ९, २०८२

अवैध लागू औषध गाँजा सहित एक जना पक्राउ

नेपालखोज २०८१ कार्तिक ५ गते १७:२८

सर्लाही । लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित भारत सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने २० वर्षीय शंकर रामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बीआर ३० टि ४०२५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक शंकरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा बरामद

सुवर्ण गाउँपालिका–३ बक्तौरा नहरबाट अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट चरमोहना र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीलाई देख्नासाथ कञ्चनपुरबाट बक्तौरातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल र बोरा छाडि फरार भएपश्चात बोरा तलासी गर्दा २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । पाँचथरको याङवरक गाउँपालिका–६ च्यानडाँडस्थित जंगलमा सोही गाउँपालिका गणेशचोक बस्ने ४० वर्षीय डम्बर बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आशापुरी नैचाल गडीडाँडा जंगलस्थित खाल्डोमा सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया