विश्वकप लिग टूको त्रिकोणात्मक ओडीआई सिरिज : नेपालको पहिलो खेल अमेरिका र दोस्रो खेल स्कटल्यान्डसँग
नेपालखोज
२०८१ कार्तिक ७ गते ६:१४

काठमाडाैं । अमेरिकामा यही कार्तिक ९ देखि १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज संचालन हुँदै छ ।
यो सिरिजमा घरेलु मुलुक अमेरिकासहित नेपाल र स्कटल्यान्ड सहभागी हुने छन् । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुने छ ।
नेपालले तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
सिरिजका सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ भने सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे प्रारम्भ हुने छ ।
सम्बन्धित
प्रतिक्रिया