भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुनमा
नेपालखोज
२०८१ कार्तिक १० गते १२:२६
काठमाडाैं । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा फागुन ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता आयोजना हुने तय भएको हो ।
आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ ।
सम्बन्धित
प्रतिक्रिया