मुक्तिनाथ क्षेत्र

मुक्तिनाथ खासगरि हिन्दूहरुको तिर्थस्थलका रुपमा प्रख्यात छ । तर त्यहाँ बौद्धहरुले पनि उत्तिकै श्रद्धाले मान्ने गर्दछन् । यसरी हिन्दू र बौद्धहरु दुबैको प्रमुख तिर्थस्थलका रुपमा स्थापित रहन पुगेको छ । मुक्तिनाथको प्राचिनता सातौं शताव्दी सम्म मात्र रहेको छ ।
अहिले जुन मन्दिरमा हामी मुक्तिनाथका रुपमा पूज्दछौ त्यो मन्दिर भने धेरै पछि बनेको हो । तर बौद्धहरुका धार्मिक पुस्तक तथा हिन्दूहरुका धार्मिक पुस्तकहरुमा भने संगै रहेको ज्वालाको कथा धेरै अगाडि देखि आउँछ । यसर्थ शुरुमा ज्वालालाई नै पूज्ने गरिन्थ्यो ।
बौद्धहरु आर्यावलोकेतेश्वरको वासस्थानका रुपमा मुक्तिक्षेत्रलाई लिने गर्दछन् । तर हिन्दूहरु शिव, ब्रम्हा र विष्णु तिनै देवताको क्षेत्रमा लिने गर्दछन् । हिन्दू आख्यानमा रहेको हिमवतखण्डको आधार लिएर हाम्रा धार्मिक ग्रन्थ तथा धार्मिक प्रवचनकर्ताहरुले हजारौ वर्ष देखि भन्ने गरेका देवदेवीका कथाहरु वास्तवमा धेरै पछि कतिपय दशौ शताव्दी आसपासमा लेखिएका थिए ।
हिमवतखण्डको रचना पनि एघारौ शताव्दी पछि मात्र भएको हो । अझ मुक्तिनाथ तथा गण्डक खण्ड चौघौ शताव्दी तिर पर्वतका मल्ल राजाहरुले लेखाएका थिए । यसरी मुक्तिनाथ क्षेत्रलाई हिन्दूले तिर्थस्थल बनाउन थालेका थिए । यहाँ रहेको मन्दिर पनि शाहकालमा नै बनेको थियो भने यस मन्दिरमा राखिएको मुर्ति भने जुम्लेली कल्यालवंशी राजाहरुले स्थापना गरेका थिए ।
मुक्तिनाथ क्षेत्रमा रहेको १०८ धाराका कारण तिब्बतीहरु यस क्षेत्रलाई छुमिंग ग्यात्सा भन्ने गर्दछन् । यस तिर्थस्थललाई वज्रयान सम्प्रदायका प्रमुख गुरु पद्मसम्भव संग पनि जोड्ने गरिन्छ ।
वि.सं. १८५२ मा भारतीय धर्मगुरु स्वामीनारायण केवल ११ वर्षको उमेरमा मुक्तिनाथ पुगेका थिए । उनि मुक्तिनाथ जाँदा पोखराको बाटो र फर्कदा पाल्पा हुँदै फर्केका थिए । जसले गर्दा आज पनि गुजरात एवं पुरै भारतका स्वामीनारायण भक्तहरु मुक्तिनाथ दर्शनका लागि आउने गर्दछन् ।
स्वामीनारायणले तपस्या गरेर बसेको १० वर्ष पछि शाहकालका राजा रणबहादुर शाहले वि.सं. १८६२ बाटोमा पर्ने राखु गाउँमा तिर्थयात्रीहरुका लागि पौवा बनाइदिएका थिए । पछि उनकै रानी सुवर्णप्रभाले वि.सं. १८६३ मा गुठीको ब्यबस्थाका साथै बाटोमा ठाउँ ठाउँमा पौवा बनाइदिएका थिए । जुन पौवा तथा त्यस स्थानको नाम पछि रानीपौवा रहन गएको थियो । राजा गिर्वाणले १८६६ मा गुठीलाई अझ बिस्तृत बनाइदिएका थिए भने राजा राजेन्द्रले १८८६ मा कुश्मामा तिर्थयात्रीहरुका लागि पौवा बनाइदिएका थिए । पछि फेरी १८९४ मा त्यहि पौवाका लागि गुठीको ब्यबस्था समेत गराइदिएका थिए ।
धार्मिक रुपले निकै प्रख्यात यस ठाउँमा राजा महेन्द्र, विरेन्द्र तथा ज्ञानेन्द्रले धेरैपटक दर्शन गर्न पुगेका छन् । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुक्तिनाथ दर्शनका लागि पुगेका थिए ।स्तृत बनाइदिएका थिए भने राजा राजेन्द्रले १८८६ मा कुश्मामा तिर्थयात्रीहरुका लागि पौवा बनाइदिएका थिए । पछि फेरी १८९४ मा त्यहि पौवाका लागि गुठीको ब्यबस्था समेत गराइदिएका थिए । धार्मिक रुपले निकै प्रख्यात यस ठाउँमा राजा महेन्द्र, विरेन्द्र तथा ज्ञानेन्द्रले धेरैपटक दर्शन गर्न पुगेका छन् । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुक्तिनाथ दर्शनका लागि पुगेका थिए ।
प्रतिक्रिया