शाहरुख खानलाई बादशाह बनाउने पाँच सिनेमा

शाहरुख खान यसै बलिउडको बादशाह कहलिएका होइनन् । शाहरुख खानका यी ५ चलचित्र उनलाई बादशाहको उपाधि दिलाउन प्रयाप्त छन् । त्यसो त शाहरुख खान विगत केही दशकदेखि आफ्ना फिल्ममार्फत आफ्ना प्रशन्सकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । यद्यपि शाहरुख खानका यी ५ फिल्मले कमाईको हिसाबले बक्स अफिसमा ठूला रेकर्ड बनाएका छन् ।
जवान
शाहरुखको फिल्म जवान सन् २०२३ मा रिलिज भएको थियो । यो फिल्मले करिब ११ सय करोड भारुको व्यापार गरेको थियो ।
पठान
उनको फिल्म पठान पनि २०२३ मा रिलिज भएको थियो । यो फिल्मले १००० करोड भारु ग्रान्ड कलेक्सन गरेको थियो ।
चेन्नई एक्सप्रेस
चलचित्र चेन्नई एक्सप्रेस सन् २०१३ मा रिलिज भएको थियो । यो फिल्मले ४२२ करोड भारु कमाएको थियो ।
डंकी
शाहरुख खानको फिल्म डंकी पनि सन् २०२३ मा आएको थियो । यो फिल्मले ४७० । ६० करोड भारुको अभूतपूर्व व्यापार गर्यो ।
ह्याप्पी न्यू ईयर
फिल्म ह्याप्पी न्यू इयर सन् २०१४ मा रिलिज भएको थियो । यो फिल्मले ३९४ करोड भारु कमाएको थियो । यो फिल्मले त्यतिबेला धेरै रेकर्ड तोडेको थियो ।
प्रतिक्रिया