मंगलबार, वैशाख ९, २०८२

‘हङकङ सुपर सिक्सेस’ : अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै नेपालकाे सानदार जित

नेपालखोज २०८१ कार्तिक १७ गते ७:५५

काठमाडौं । हङकङ इन्टरनेशनल सिक्सेसमा नेपाल समूह विजेता बनेको छ । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै समूह विजेता बनेको हाे ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो । अस्ट्रेलियालाई पराजित गरेको नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ ।

अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए ।

त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । पहिले ब्याटिङ गरेको नेपालले २ विकेट मात्रै गुमाएर १११ रन बनाएको थियो ।

प्रतिक्रिया