विश्वकप लिग–२ : अमेरिकासँग भिड्दै नेपाल
नेपालखोज
२०८१ कार्तिक १७ गते ९:५७

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरू हुने छ ।
‘लिग टू’मा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ ।
तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।
यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज ‘क्लिनस्वीप’ गरेको थियो ।
लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ । टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ । अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया