मंगलबार, वैशाख ९, २०८२

विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द

नेपालखोज २०८१ कार्तिक २० गते ६:५०

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा वर्षासँगै हावाहुरीको सम्भावना भएपछि खेल रद्द भएको हो । 

खेल रोकिनुअगाडि नेपाल एक विकेट गुमाएर २६ रनको स्थितिमा थियो । टस जितेर स्कटल्यान्डले पहिले बलिङको निर्णय गरेको थियो । स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरसमै रोकियो ।

नेपालले आफूले खेलेका १२ खेलमध्ये २ वटामा मात्र जित हासिल गरेको छ । यस्तै ८ खेलमा हार र २ खेल रद्द हुँदा नेपाल ६ अङ्कका साथ सातौँ स्थानमा छ । 

नेपाली ओपनर अनिल साह १९ बलमा १० रन बनाएर ब्राड करीको बलमा एलबीडब्लू भए । नटआउट रहेका दुई ब्याटरमध्ये अर्का ओपनर आसिफ सेखले ९ रन बनाए भने कुशल भुर्तेलले खाता पनि खोलेनन् ।

प्रतिक्रिया