सोमबार, वैशाख ८, २०८२

सुनचाँदीको भाउ घट्याे

नेपालखोज २०८१ कार्तिक २५ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँ घटेकाे हाे ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया