इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकको बीच समझदारी

काठमाडौं । इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रा. लि.का निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरेका छन् । काठमाडौँस्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख सन्तोष पंगेनी लगायतको उपस्थिति थियो ।
सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउने छ, जुन वित्तीय इंटिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सफ्टवेयरको परिचालनसँगै, सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ ।
दुबै संस्थाबीचको साझेदारी बारेमा प्रतिकृया दिँदै इन्फोडेभलपर्सका कर्पोरेट म्यानेजर पौडेलले भने, ‘हामी सांग्रिला डेभलपमेन्ट बैंकसँग मिलेर काम गर्न पाउँदा खुशी छौं । हाम्रो सीएसआर सफ्टवेयर प्रयोग गर्न सजिलो, एकीकृत, छिटो प्रोसेसिङ, उच्च गुणस्तरिय भएकाले बैंकको कार्यक्षमता प्रभावकारी र थप सहज बनाउन भूमिका खेल्ने विश्वास लिएका छौँ ।’
सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले भने, ‘हाम्रो वित्तीय कार्यक्षमता र विश्वसनीयता सुधार्ने निरन्तर प्रयासको हिस्साको रूपमा हामीले इन्फोडेभलपर्सको सीएसआर सफ्टवेयर चयन गरेका छौं। यसले हाम्रो हाम्रो वित्तीय रिपोर्टिङको गुणस्तरलाई सुधार्ने छ ।’
यो सफ्टवेयरको कार्यान्वयनले सांग्रिला डेभलपमेन्ट बैंकका आन्तरिक कार्यहरू सुधार्ने मात्र नभइ बैंकको वित्तीय व्यवस्थापन अभ्यासहरूलाई पनि सुदृढ गर्ने अपेक्षा समेत गरिएको छ । जसले बैंकलाई प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने र ग्राहक सेवामा सुधार ल्याउने दुबै पक्षको विश्वास छ ।
प्रतिक्रिया