आइतबार, वैशाख ७, २०८२

राष्ट्र बैंकले गर्याे स्ट्रयाटेजिक एनालाईसिस रिर्पोट २०२४ सार्वजनिक

नेपालखोज २०८१ मंसिर २ गते २०:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्रयाटेजिक एनालाईसिस रिर्पोट २०२४ सार्वजनिक गरेको छ । आईतबार राष्ट्र बैकको वित्तीय जानकारी इकाइले स्ट्रयाटेजिक एनालाईसिस रिर्पोट २०२४ सार्वजनिक गरेको हो ।

इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगीका विषयमा तयार पारेको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरी सार्वजनिक गरेको जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ् नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदनमा साईबर एनएवेल फ्रड्सका विशेषता र साईबर एनएवेल फ्रड्स मार्पmत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै, प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ ।

यसैगरी, अधिकांश शङ्ककास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्यरूपमा गिफ्ट र पार्सल फ्रड, सोसियल मिडिया इम्प्रेसन, फेक अनलाई बिजेनस प्लेटर्फम, ओटीपी फ्रड, लोटरी फ्रड लगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।

प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगी सम्बन्धी रेड फ्ल्गासको सूची प्रस्तुत गरिनुका साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।

प्रतिक्रिया