मंगलबार, वैशाख ९, २०८२

बसले ठक्कर दिँदा साइकलमा सवार एकको मृत्यु

नेपालखोज २०८१ मंसिर २ गते २०:४१

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नंको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन् । आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ ।

प्रतिक्रिया