सोमबार, वैशाख ८, २०८२

तोलामा ११०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ मंसिर ४ गते ११:३०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो । ​

प्रतिक्रिया