सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ बनदेबिस्थित सडकमा सु.प.प्र.०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बझाङ दुर्गाथली गाउँपालिका–५ भलान्या बस्ने २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीस्थित सडकमा भे.३ प ६३६७ नम्बरको मोटरसाइकलमा भे.९ प २७८० नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा भे.९ प २७८० नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीया मोतीसरा शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.३ प ६३६७ नम्बरको मोटरसाइकल चालकको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ । भे.९ प २७८० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
रूपन्देही, गैडहवा गाउँपालिका–३ गोबरौलीस्थित सडकमा अन टेस्ट लेखेको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय अकलेस चाईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
बर्दियाको बढैयाताल गाउँपालिका–७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–२ बर्धवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–८ हस्नपुर बस्ने २७ वर्षीय नवराज पुरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय आश्विक थारूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित पाँचथर फालेलुङ गाउँपालिका–६ ओदिम्बा टोल घर भई इलाम सूर्योदय नगरपालिका–८ फिक्कल श्रीअन्तु रोड बस्ने २४ वर्षीय बसन्त राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनारागन २८ एम्पुल र ब्रुफिन २८ एम्पुल सहित सोही महानगरपालिका–५ शान्तिनगर डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका–१४ माधबपुर घर भएका २७ वर्षीय रूबिन वाईवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख २५३० नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया गाउँ बस्ने ४८ वर्षीय बाबुराम यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
ललितपुर, गोदावरी नगरपालिका–११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । छिमेकीको घर कम्पाउण्डमा रहेको एभोकाडोको फल झार्ने क्रममा विजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मोरङको बिराटनगर महानगरपालिका–७ बस्ने सुमन कार्कीको फोटोकपी पसलमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा पसल र पसलभित्र रहेका फोटोकपी मेसिन २ थान, ल्यापटप १ थान र ब्याट्री ३ थान जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने तुलसा थापाको क्यान्टिनमा समेत आगलागी हुँदा क्यान्टिनमा रहेका सम्पूर्ण सामानहरू जलेर करिब २ लाख ५१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका–५ मसिहानि बस्ने श्रीराम ठाकुरको गोठमा गएराति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया