आइतबार, वैशाख ७, २०८२

वित्तीय प्रणालीबाट पुन ४० अर्ब रुपैंयाँ तान्दै राष्ट्र बैंक

नेपालखोज २०८१ मंसिर ५ गते १२:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ४० अर्ब रुपैंयाँ तान्ने भएको छ । यही मंसिर पाँच गते अर्थात आज बुधबार राष्ट्र बैंकले निक्षेप संंकलन उपकरण बिक्री गरेर उक्त परिमाणमा निक्षेप रकम तान्न लागेको हो । आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ ।

परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर २६ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया