आइतबार, वैशाख ७, २०८२

सातामा ३७ अर्ब ५४ करोड रुपैंयाँको शेयर किनबेच

नेपालखोज २०८१ मंसिर ७ गते ११:३०

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार छ सय ८० दशमलव ४४ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७२ दशमलव ९७ बिन्दुुमा कायम भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ७८ हजार दुई सय ४० पटकको कारोबारमा आठ करोड नौ लाख ५३ हजार सात सय २३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३७ अर्ब ५४ करोड ५६ लाख एक हजार दुई सय ६६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैंयाँले कम हो ।

गत साता धितोपत्र बजारमा तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख ७६ हजार पाँच सय ९१ पटकको कारोबारमा १० करोड आठ लाख ४१ हजार दुई सय १३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४७ अर्ब १७ करोड ८३ लाख ७९ हजार आठ सय ८४ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र चौंथो दिन बढेको नेप्से तेस्रो र पाँचौं दिन घटेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार बजार परिसुचक नेप्से चार दशमलव ९८ अंकले उकालो लागेर २७ सय ५३ दशमलव ७६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १२ अंकले ओरालो लागेर चार सय ८५ दशमलव ९१ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन मंगलबार भने बजार परिसुचक नेप्से ५१ दशमलव ११ अंकले ओरालो लागेर २७ सय दुई दशमलव ६५ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ७४ अंकले ओरालो लागेर चार सय ७८ दशमलव १६ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन भने बजार परिसुचक नेप्से नौं दशमलव शुन्य नौ अंकले उकालो लागेर २७ सय ११ दशमलव ७५ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले उकालो लागेर चार सय ७८ दशमलव ५० बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसुचक नेप्से ३१ दशमलव ३१ अंकले ओरालो लागेर २६ सय ८० दशमलव ४४ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५३ अंकले ओरालो लागेर चार सय ७२ दशमलव ९७ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड, नेपाल फाईनान्स, आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा गुडविल फाईनान्स, एनआईसी एशिया बैंक अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिन३२६११३२५२२४४२६९००११७२६७५६९०४.६१
दोस्रो दिनसार्वजनिक बिदा   
तेस्रो दिन३१०१०५८२७२२५८८२४७१०४६८३२०५२१.९०
चौंथो दिन३२३७४३०३१५४६४५५२७०९२८७९९४६.३९
पाँचौं दिन३१४८४८५८१८४७४०२४८२५७६४३८८६.८३
कुल३२६३७८२४०८०९५३७२३३७५४५६०१२६६.७३
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया