अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय ईन्सु रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २२९४ नम्बरको बसलाई जाँच गर्न क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय सुसान्त विश्वास समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा पाख्रिबास नगरपालिका–२ सान्ने बस्ने २७ वर्षीय संजिप तामाङ, ३६ वर्षीय राजेश तामाङ, सोही नगरपालिका–८ मुगा बस्ने २७ वर्षीया सुगम राई र २३ वर्षीया निगम राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश–१–०४–००१–प ४७७३ नम्बरको स्कुटर र बा.९६ प ७२११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने स्कुटर र मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलालीको लम्किचुहा नगरपालिका–३ चिसापानी खैरेनीबाट अवैध लागूऔषध चरेश २ किलो ७५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट पचालझरना गाउँपालिका–६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–८ फकलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका–८ बस्ने ३५ वर्षीय निर्मल चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ६ सय ४० मिलिग्राम सहित मकवानपुर थाहा नगरपालिका–६ बस्ने ३१ वर्षीय आशाकाजी तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१२ पंचगावा बस्ने ५० वर्षीया रेश्मा देवी भरलाई अवैध लागूऔषध गाँजा करिब १३ किलो ८ सय ८० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–७ शिवनगर बस्ने २७ वर्षीय गणेश गुप्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले तुलसीपुरदेखि गोठिखोलातर्फ जाँदै गरेको रा.७ प ८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नवनिर्मित भवन उद्घाटन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । । साथै उनले उक्त नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र समेत प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने बताए । प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिएको समेत उनले उल्लेख गरे । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको चर्चा गर्दै प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपदजन्य घटना सबैको चुनौतिको रूपमा रहेको हुँदा यसको सामनाको लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायहरूको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।
समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिए । स्थानीय तह उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौति तथा जोखिमहरूको विश्लेषण गरी निर्वाचन सुरक्षा योजना निर्माण गर्न तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन समेत उनले निर्देशन दिए ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले स्वगत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिए ।
मृत अवस्थामा फेला
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई सोही पसलको सटर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ रतनकोट बस्ने ७० वर्षीय टिका बहादुर विश्वकर्मा त्रिपुरासुन्दरी गाउँपालिका–३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दाङको घोराही उपमहानगरपालिका–१२ डाँडा गाउँ बस्ने ५२ वर्षीय बुद्दिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया