मंगलबार, वैशाख ९, २०८२

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८१ मंसिर ९ गते १५:५४

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–११ स्थित सडकमा बा.प्र.०२–०४५ प ३०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–११ स्कुल टोल बस्ने ५५ वर्षीय शिव थापाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ ईनारपानीस्थित सडकमा ना.४७ प ६४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा चालक महोत्तरी बर्दीबास नगरपालिका–२ हंकङडाँडा बस्ने २५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दैलेख, गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा क.प्र.०२–००२ प ३२५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने २६ वर्षीय उपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

खोटाङको केपिलासगढी गाउँपालिका–१ सुम्दे बस्ने ७० वर्षीय ध्वजमान राईको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब ७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जुम्लाको हिमा गाउँपालिका–६ बस्ने कालि बहादुर शाहीको घरमा शनिबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा तथा अन्य सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवा बस्ने श्याम बरण मण्डलको २ वटा घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूणरूपमा जलेर करिब ५ लाख बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँ बस्ने रामबाबु मण्डलको घर समेत पूर्णरूपमा जलेर करिब ८ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहटको परोहा नगरपालिका–४ पोखरीया टोल बस्ने शेक ताहिरको घरमा आइतबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया