मंगलबार, वैशाख ९, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

नेपालखोज २०८१ मंसिर ९ गते १७:५०

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१२ पट्रीघाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१२ प ३७४ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–७ बस्ने २३ वर्षीय भजौरा राना र २४ वर्षीय प्रकाश रानालाई २ सय ४० मिलिग्राम र सु.प.प्र.०१–०१० प ९६८१ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई ५ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका–७ दरिङगालस्थित दरिङगाल खोला पुल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम, मोबाइल ४ थान र नगद ८ हजार रूपैयाँ सहित सोही गाउँपालिका–४ बालुवा डाँडा बस्ने २७ वर्षीय सोम बहादुर तामाङ समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ना.२६ प ३७४६ नम्बरको मोटरसाइकल र बा.प्र ०२–०१३ प ४०७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया