अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय धिरज पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–९ भलादमी चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो २ सय ५० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका–९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ५०३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक परियार र अटोमा सवार स्याङबोलाई पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–७ नर्कटे चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ८० ग्राम सहित उदयपुरगढी गाउँपालिका–७ बस्ने ५१ वर्षीय सुवेदी काइला भन्ने युवराज खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडी बसपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय अनोज पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख१८५७ नम्बरको बसमा सवार व्यास नगरपालिका–१० बस्ने २० वर्षीय सुरेश परियार र सोही नगरपालिका–११ बस्ने २० वर्षीय विशाल तामाङलाई ट्रमानिल ३ सय ४० ट्याब्लेट तथा ग.१ ख ८५४९ नम्बरको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका–४ बस्ने २८ वर्षीय कुल बहादुर थापा मगरलाई नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ५५ क्याप्सुल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
झापाको बिर्तामोड नगरपालिका–६ बुट्टावारी चोकस्थित अर्जुनधारा नगरपालिका–११ बस्ने दिपक राजबंशीको दिपक मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा वर्कसपमा मर्मतको लागि राखिएको स्कुटर १ थान, मोटरसाइकल १ थान, एयर कम्प्रेसर १ थान, विभिन्न औजारहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–६ मसाले टोल बस्ने अर्जुन थलानको परालको थुप्रोमा गए राति आगलागी भई नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखेको बा.०३–००१ क ०३३१ नम्बरको टिपरमा समेत आगलागी हुँदा टिपरको अगाडीको भाग जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका–७ धौले चोक बस्ने ३९ वर्षीया जयन्ती राईको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरीको दुहवी नगरपालिका–१२ मुस्लिम टोल बस्ने ३८ वर्षीय महमद फुल महमदको घर र नसिब मियाँको घरमा आइतबार दिउँसो आगलागी हुँदा २ वटै घरभित्र रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बागलुङको गलकोट नगरपालिका–१ दुधीलाभाँटीस्थित सडकमा ध.१ प ४४१४ नम्बरको मोटरसाइकलमा आइतबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ । बाजुराको बुढिनन्दा नगरपालिका–४ ताडी बस्ने गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतबार बिहान आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मकवानपुर हेटौंडा घर भएका सुशिला ठकुरीको फलफुल तथा तरकारी पसल र रौतहट घर भएका नवल किशोर ठाकुरको शैलुनमा आइतबार राति आगलागी हुँदा दुवै जनाको गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका–१५ अन्नपुर्णचोक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका–४ घर भएकी उर्मिला लामाको कोठाबाट नगद २ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब ९ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया