जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–७ मोतिगडा बस्ने २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।
सुजनले ती किशोरीलाई सुनसरी इटहरीस्थित क्राउन होटल एण्ड लजमा कात्तिक ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबिसे गाउँपालिका–२ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पाटेबाघको छाला सहित एक जना पक्राउ
शिवराज नगरपालिका–२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लजबाट करिब ६ फिट लम्बाईको पाटेबाघको जस्तो देखिने छाला सहित रूपन्देही बुटवल उपमहानगरपालिका–५ गोलपार्क बस्ने ४१ वर्षीय बिष्णु प्रसाद भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले भट्टराईलाई लजको काउन्टर अगाडि बाहिर बरण्डामा शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथमा रहेको प्लाष्टिकको बोराभित्र उक्त छाला फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु. ५८ प ९७५५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सिराहाको बरियारपट्टी गाउँपालिका–३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
सिन्धुलीको मरिण गाउँपालिका–७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३–००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका–७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र.१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल–०१ एडि ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका–११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिह चोकस्थित टहरामा दोलखा कालिन्चोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय शान्त प्रशाद सेढाईको कपुरकोट महादेब फर्निचर एण्ड फर्निसिङ पसल र पाँचथर घर भएका ४० वर्षीय राज भक्त राईको किराँत एकुरेम लगायत अन्य सहायक सामाग्री पसल समेतमा गए राति आगलागी हुँदा करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–९ दुधौली बजारस्थित सोही नगरपालिका–८ खाडीपारी बस्ने ३० वर्षीय वसन्त खड्काको सुनकोशी जनरल स्टोरमा मंगलबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने तेज प्रसाद गौतमको घरमा मंगलबार बिहान आगालगी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया