आइतबार, वैशाख ७, २०८२

३३ अंकले बढ्दा सात अर्ब ४४ करोडको शेयर किनबेच

नेपालखोज २०८१ मंसिर ११ गते १५:२०

काठमाडौं । शेयर बजारको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १५ दशमलव ८३ अंकले बढेको नेप्से आज पुन ३३ दशमलव ४१ अंकले बढेर २७ सय १६ दशमलव ६६ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५० अंकले बढेर चार सय ७७ दशमलव ५७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ७५ हजार पाँच सय ७२ पटकको कारोबारमा एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौं सय ८७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ८० अंकले बढेर १५ सय एक दशमलव शुन्य पाँच अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि २७ दशमलव ९१ अंकले बढेर पाँच हजार छ सय २१ दशमलव शुन्य सात अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ५४ दशमलव ९८ अंकले बढेर तीन हजार छ सय ९१ दशमलव ९० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव २३ अंकले बढेर तीन हजार पाँच सय ७६ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव ६६ अंकले बढेर १३ हजार एक सय ३४ दशमलव ५९ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय पाँच दशमलव ८९ अंकले बढेर १३ हजार एक सय सात दशमलव १० अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि क्रमशः ४३ दशमलव ६३, एक दशमलव २०, ७३ दशमलव २४, ४३ दशमलव ४७, शुन्य दशमलव शुन्य पाँच, ३४ दशमलव ३४ र ४५ दशमलव २६ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ ।

प्रतिक्रिया