एनपीएल : विराटनगरले जनकपुरलाई दियाे १२८ रनकाे लक्ष्य
नेपालखोज
२०८१ मंसिर १५ गते १४:०४

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलाे खेलमा विराटनगर किङ्ग्सले जनकपुर बाेल्ट्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल खडा गरेको हो ।
विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ५५ रन प्रहार गरे । त्यस्तै अकिब इलियासले १५ रन प्रहार गरे। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन् । जनकपुरका लागि ललित राजवंशीले ३, किशाेर महताे र हर्ष ठाकरले समान २-२ तथा हर्ष ठाकरले १ विकेट लिए।
सम्बन्धित
प्रतिक्रिया