एनपीएल : आज कर्णाली र काठमाडाैं तथा विराटनगर र लुम्बिनी भिड्दै
नेपालखोज
२०८१ मंसिर १९ गते ६:३४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेल कर्णाली याक्स र काठमाडाैं गुर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुने छ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजको हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स खेल्नेछ । पहिलो खेल बिहान ९ : १५ बजे र दोस्रो खेल दिउँसो १ : १५ बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया