काठमाडौंको टुँडिखेलमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, शैल्यशिखर नगरपालिका–५ लेकगाउँ बस्ने ३९ वर्षीया दुर्गा रावल सोही ठाउँस्थित साउनलोटे भिरतल मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका–६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गीको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाटपुलस्थित सडकमा लु.प्र.०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका–५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको पकहामैनपुर गाउँपालिका–४ हात्तिचोकस्थित सडकमा बीआर ५५ एम ५१६८ नम्बरको मोटरसाइकल र प्र.२–०३–०२३ प ४८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बीआर ५५ एम ५१६८ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका–४ लहावरथकरी बस्ने २५ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार प्र.२–०३–०२३ प ४८१ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया