एनपीएल : आज पनि दुई खेल हुँदै, कस्ले मार्लान् बाजी
नेपालखोज
२०८१ मंसिर २० गते ८:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छ । आज पहिलाे खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजे सुरु हुनेछ ।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
यस्तै, दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ बजे सुरु हुनेछ ।
काठमाडौंले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जित हासिल गरेको छ । सुदूरपश्चिमले पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया