सोमबार, वैशाख ८, २०८२

बैंकिङ प्रणालीमा एक अर्ब ३७ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

नेपालखोज २०८१ मंसिर २० गते १३:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ३७ करोड रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बिहिबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको अवधि बिसं २०८१ पुस दुई गते देखि बिसं २०८२ पुस दुई गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि एक अर्ब नौं करोड ६० लाख, बिकास बैंकहरुको लागि २० करोड ५५ लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ८५ लाख रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया