सिद्धार्थ बैंकका ग्राहकहरुलाई टेस्ट टाउन फूड कोर्टमा १५ प्रतिशतसम्मको छुट
काठमाडौं । सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा. लि (काठमाडौं, कमलपोखरी) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिटि सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यो समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया