मंगलबार, वैशाख ९, २०८२

यु १९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा

नेपालखोज २०८१ मंसिर २५ गते ८:३९

काठमाडौं । मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ नयाँ अनुहार समावेश गरिएको छ । मनिषा उपाध्यायले टोलीमा स्थान गुमाउँदा किरण कुमारी कुवँर र अनु कडायतले मौका पाएका छन् ।

पहिलो पटक आयोजना हुन लागेको यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘बी’ मा रहेको छ । एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ (डिसेम्बर १६) गते र भारतसँग पुस २ (डिसेम्बर १७) गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

नेपाली टोली

सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

प्रतिक्रिया