सोमबार, वैशाख ८, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानाबाट १८ जना पक्राउ

नेपालखोज २०८१ मंसिर २६ गते १३:३६

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–६ बराहक्षेत्र बस्ने २४ वर्षीय सन्दिप तामाङ र भोक्राहा नरसिंह गाउँपालिका–४ बस्ने २७ वर्षीय अनिष उराव रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१६ भृकुटीपथ बस्ने २७ वर्षीय संजिप राईलाई नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार ३ सय ३० ट्याब्लेट र ओपोट्याब १ हजार ३ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१५ देउरालीपथ बस्ने २६ वर्षीय आकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही नगरपालिका–१५ कच्चुबारी टोल बस्ने २६ वर्षीय अजय राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ७ सय मिलिग्राम सहित संखुवासभा घर भएका ३८ वर्षीय जिबन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२ घरबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने १९ वर्षीय आकृत श्रेष्ठ र सोही उपमहानगरपालिका–२ घरबारी टोल बस्ने २२ वर्षीय कैलाश डाँगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–१० घुयाँघाट बस्ने २३ वर्षीय मलराम रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–३ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बझाङ बुङ्गल नगरपालिका–५ बस्ने २५ वर्षीय ललित नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–११ बस्ने २२ वर्षीय करूणाकर भट्ट र सोही नगरपालिका–१ बस्ने २६ वर्षीय राजन हमाल रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २२ वर्षीय रबिन राना समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका–९ बस्ने २८ वर्षीय संजय बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजार नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी बस्ने २४ वर्षीय बिकास केसी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२००१ ज ०६९१ नम्बरको फोर्स गाडीलाई जाचँ गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० शान्ति टोल बस्ने ५५ वर्षीय पदम श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया