आइतबार, वैशाख ७, २०८२

४५ अंकले बढ्दा पाँच अर्ब पाँच करोडको शेयर किनबेच

नेपालखोज २०८१ मंसिर २६ गते १५:२३

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन छ दशमलव ३२ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ४५ दशमलव ८८ अंकले बढेर २७ सय १५ दशमलव ७१ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ६४ दशमलव ६६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ५६ हजार तीन सय ५० पटकको कारोबारमा एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य सात अंंकले घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४८ दशमलव २० अंकले बढेर १४ सय ५२ दशमलव ८३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ९२ दशमलव ७६ अंकले बढेर पाँच हजार सात सय ७९ दशमलव ४३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ६० दशमलव २५ अंकले बढेर तीन हजार तीन सय ४७ दशमलव ९३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ११ अंकले बढेर तीन हजार पाँच सय ८२ दशमलव ३९ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ३८ दशमलव ९३ अंकले बढेर १३ हजार एक सय १६ दशमलव ८४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव ११ अंकले बढेर १२ हजार नौं सय ३९ दशमलव ६१ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ७० दशमलव २७, शुन्य दशमलव ८२, ४१ दशमलव १४, २१ दशमलव १८, ११ दशमलव ४६ र ७७ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने जानकी फाईनान्स परेको छ ।

प्रतिक्रिया