सोमबार, वैशाख ८, २०८२

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

नेपालखोज २०८१ मंसिर २८ गते २०:१७

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ५ किलो ५ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका–३ निगाले बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५२७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ३१ किलोग्राम गाँजा बरामद

रत्ननगर नगरपालिका–१० मैगोले टोलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३१ किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले सडक छेउमा पार्किङ गरी राखेको बा.प्र.०१–००६ ख ६६१२ नम्बरको मिनी ट्रकलाई तलासी गर्दा ट्रकभित्र प्लाष्टिकको बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मिनी ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया