यू-१९ महिला एसिया कप : नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य
नेपालखोज
२०८१ पुष २ गते १४:०६

काठमाडौं । मलेसियामा जारी यू-१९ महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायाे ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन जोडिन् । अलिशाकुमारी यादवले ९ बलमा चार चौकासहित २० रन जोडिन् ।
सम्बन्धित
प्रतिक्रिया