सोमबार, वैशाख ८, २०८२

सुनसरीबाट एक सय ९० किलो गाँजा बरामद

नेपालखोज २०८१ पुष २ गते १८:१०

काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करीब १ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ्ग गरी ल्याउँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले बरामद गरेको हो ।

चेकजाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाईलकमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।

बरामद गाँजा, कार, मोटरसाईकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया