मंगलबार, वैशाख ९, २०८२

नेपाल उपविजेता बन्दै सुपर फोरमा प्रवेश, भारतसँग बराबरी

नेपालखोज २०८१ पुष २ गते १७:०५

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपाल उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको छ ।

पाकिस्तान रहेको समूहमा नेपालले दोस्रो खेलमा भारतसँग अंक बाँडेको हो । भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्यकाे हाे ।

भारत र नेपालले समूहबाट समान तीन तीन अंक बटुलेका छन् । पाकिस्तान अंक विहीन भएर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले २५ र अलिसा यादवले २० रन बनाएका थिए ।

भारतकी पारुनिका सिसौदाले नेपालको ४ विकेट चट्काईन् ।

जवाफी ब्याटिङ थालेको भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाएको थियो । त्यसपछि वर्षाले खेल रोकियो र दुवै टिमले समान एक एक अंक बाँडेका थिए ।

नेपालले सुपर फोरमा आगामी बिहीबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया