अर्धशतक पूरा गर्दै आउट भए कर्णालीका जयकिसन
नेपालखोज
२०८१ पुष ३ गते १०:२७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका जयकिसन कोल्सावाले अर्धशतक पूरा गर्दै आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीबाट कोल्सावालाले ३६ बलमा ५० रन पूरा गरे । उनले ६ चौका र दुई छक्का प्रहार गरे ।
जारी खेलको १२ ओभर सकिँदा कर्णालीले दुई विकेट गुमाएर ९० रन बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया