आइतबार, वैशाख ७, २०८२

बैंकिङ प्रणालीमा २१ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

नेपालखोज २०८१ पुष ३ गते १५:०१

काठमाडाैं । नेपाल राष्ट्र बैंकले २१ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीको नाउँमा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।

कर्मचारी सुरक्षण कोषमा रहेको रकम १६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको अवधि बिसं २०८१ पुस नौं गते देखि बिसं २०८२ पुस नौँ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीले यही पुस पाँच गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकको लागि १६ करोड ८० लाख, विकास बैंकको लागि तीन करोड १५ लाख र फाईनान्स कम्पनीको लागि एक करोड पाँच लाख रुपैयाँ तोकिएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधान तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया