महिला यू-१९ एसिया कप : सुपर चारमा बंगलादेशसँग भिड्दै नेपाल
नेपालखोज
२०८१ पुष ५ गते ७:४०

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ ।
खेल नेपाली समय अनुसार आज बिहान ११ः४५ बजे सुरु हुने छ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो भने भारतसँग अंक बाँडेकाे थियाे ।
समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ । फाइनल खेल आइतबार बिहान हुने छ ।
सम्बन्धित
प्रतिक्रिया