सोमबार, वैशाख ८, २०८२

टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण निर्धारित समयमै सम्पन्न गर्छैँ : ओली

नेपालखोज २०८१ पुष ५ गते १२:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत फ्लडलाइट र प्यारापिट निर्माणको काम तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै सम्पन्न गर्ने बताएका हुन् ।

‘त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो ।’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ ।’

जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको उनले उल्लेख गरेका छन् । उनले भने ‘जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो ।’

प्रतिक्रिया