आइतबार, वैशाख ७, २०८२

इसेभेनस्टार डट कमबाट टिकट काट्दा यती एयरलाइन्सको माउन्टेन फ्लाइटमा जाने मौका

नेपालखोज २०८१ पुष ५ गते १३:१६

काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा उल्लेख्य लोकप्रियता हासिल गर्दै गएको अनलाइन ट्राभल एजेन्सी इसेभेनस्टार डट कम ले ग्राहक लक्षित विशेष अफर ल्याएको छ । ‘आकाशमा भ्यालेन्टाइन’ अफर अन्तर्गत इसेभेनस्टार डट कम तथा सेभेनस्टार ट्राभल एन्ड टुर्समार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तव्यका लागि टिकट काट्ने ग्राहकले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन् ।

यस अफर अन्तर्गत भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४, २०२५ को साँझ ५ बजेसम्म इसेभेनस्टार डट कम तथा सेभेनस्टार इन्टरनेशनल ट्राभल एन्ड टुर्समार्फत टिकट काट्ने ग्राहकले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन डेको दिनमा गरिने फरक फरक लक्की ड्र मा उपहार जित्ने मौका पाउने भएका हुन् ।

यस योजना अन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकले इसेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसोरिज् पाउने छन् भने हरेक महिना यती एयरलाइन्सको कुनै पनि गन्तव्यमा नि:शुल्क हवाई टिकट प्राप्त गर्नेछन् । भ्यालेन्टाइन डेमा गरिने लक्की ड्रमा भने एक जोडिले यती एअरलान्सनै चढेर माउन्टेन फ्लाइटमा जाने मौका पाउनेछन् ।

‘अनलाइन ट्राभलमार्फत अनलाइन टिकट काट्ने नेपाली ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आफ्नो स्थापनाको दसौँ वार्षिकोत्सवको अवसर पारेर गत वर्ष ईसेभेनस्टार डट कम सञ्चालनमा ल्याइएको थियो ।’ ईसेभेनस्टारको सञ्चालनको सन्दर्भमा प्रस्ट्याउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एन्ड टुर्स प्रा. लि. का प्रबन्ध निर्देशक विष्णु प्रसाद कँडेल भन्छन्, ‘सञ्चालनको छोटो समयमै हामीले ग्राहकको उल्लेख्य माया पाउन सफल भयौँ । त्यसैको प्रोत्साहन स्वरूप हामीले आफ्ना ग्राहकलाई भ्यालेन्टाइन डेको अवसर पारेर विभिन्न उपहार प्रदान गर्ने निर्णय गरेका हौँ ।’

प्रतिक्रिया