सोमबार, वैशाख ८, २०८२

हङकङलाई नेपालले दियो २६६ रनको लक्ष्य

नेपालखोज २०८१ पुष ५ गते १३:४८

काठमाडौं । एक दिवसीय यू-१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनायो । नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए ।


९६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनीसहति सन्तोष यादव, कप्तान अभिषेख तिवारीलेले अर्थशतक बनाए ।

बलिङमा हङकङका प्रित मांगुकिया, श्यायन पुरी, पार्थ श्रिभास्टव र डेनियल म्यापले दुई/दुई विकेट लिए ।

प्रतिक्रिया