सोमबार, वैशाख ८, २०८२

नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

नेपालखोज २०८१ पुष ५ गते १४:५९

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट क्षतिमा ५४ रन बनाएको हो । टस जितेर बंगलादेशले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो ।

नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १-१ विकेट लिए ।

प्रतिक्रिया